काठमाण्डु, १३ असार– आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको बताएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले यस्तो बताएका हुन ।
उनले भने, ‘सरकारी कलेजहरु, खासगरी आंगिक कलेजहरुमा निजी व्यापार भइरहेको छ । सरकारी कलेजहरुमा प्राइभेट कलेजहरु जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर ब्यापार गर्ने त्यो खुलेआम भ्रष्टाचार भइरहेको छ, ‘यसको अवस्था के हो हामी जान्न चाहन्छौं ।’
सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट पूर्वाधारमा निजी अनुमति लिएर पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम आंगिक कलेजहरुमा भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्य रोक्न माग गरेका छन ।
उनले भने, ‘सरकारी पैसाबाट तलब खाने, सरकारी पैसाबाट पूर्वाधारमा निजी अनुमति लिएर पैसा उठाउने र अपारदर्शी ढंगले त्यसको दुरुपयोग गर्ने काम भइरहेको छ । यो रोक्न जरुरी छ’ ।