एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्‍यो

काठमाण्डु टुडे २०८१ असार १२ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ ।

१० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई बैठक सारिएको एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिएका छन ।

उनले भने, ‘आजका लागि पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी समय सारिएको छ, ‘नेताहरूको व्यस्तताका कारण बैठक सार्नुपरेको हो ।’

सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us