लमजुङ पहिरो अपडेट: बेपत्ता ४ जनाको शव भेटियो

काठमाण्डु टुडे २०८१ असार १२ गते १३:३० मा प्रकाशित

काठमाण्डु, १२ असार– लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला परेको छ ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

गय राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us