काठमाण्डु, १२ असार– विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि उडान र अवतरण प्रभावित बनेको छ ।
विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।
पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनस् सुरु हुने विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिएका छन ।
उनले भने, ‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’
बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको उनले जानकारी दिएका छन ।
०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।