कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज

काठमाण्डु टुडे २०८१ असार ११ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, ११ असार– कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दर्ता गराएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

यो सँगै हिक्मत कार्की नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारको वैधतामाथि उठेको प्रश्न निरुपण भएको छ । न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्‍याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us