मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु: धनराज गुरुङ

काठमाण्डु टुडे २०८१ असार ११ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, ११ असार– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति नेपाली धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन ।

आज (मंगलबार) काठमाण्डुमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन ।

उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने पनि बताएका छन । उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर देश उन्नतितर्फ बढ्न नसक्ने पनि बताएका छन ।

गुरुङले वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन । उनले भने, ‘ भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म ।

धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट संन्यास लिन तयार छु ।

वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।’ उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us