
काठमाण्डु, ११ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसद्का कुर्सी खाली देखीएका छन ।
मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको थियो । बजेट पारित भएपछि पनि प्रतिनिधिसभा बैठक जारी छ । तर सांसदहरू भने बैठक छाडेर बाहिरिएपछि संसद्का कुर्सी खाली देखीएका हुन ।