काठमाण्डु, ११ असार– मोरङमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको प्रहरीले जनाएको छ ।
विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिएका छन ।
बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
याङ्शीलाबाट स्कु पुग्न करिब १ घण्टा लाग्छ । विद्यालय जाँदै गरेका ५–६ जना बालबालिका एकै पटक बाढी आएको खोलामा छिरेका थिए। एक जना साथीलाई बाढीले बगाएको थियो, अरु विद्यार्थी बाहिर निस्कीएका थिए ।