काठमाण्डु, ११ असार– एमालेका सांसद लक्ष्मी महतो कोइरीले बजेटमाथि टिकाटिप्पणी गर्ने कांग्रेस सांसदहरुलाई कांग्रेस अर्थमन्त्री हुँदा आएको बजेट पनि हेर्न आग्रह गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । उनले भने, ‘कांग्रेसको माननीयज्युहरु बोल्नुभयो यो बजेटको बारेमा ।
यो भन्दा पहिलेको सालको पूर्व अर्थमन्त्रीज्युले कसरी राख्नुभयो बजेट ? त्यो पनि हेर्नु पर्दथ्यो, उहाँहरुले शेरबहादुरको क्षेत्रमा, प्रकाशशरण महतजीको क्षेत्रमा । अहिलेको हाम्रो मन्त्रीले राख्नुभयो के फरक पर्यो ?’