बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु , दुई जना बेपत्ता

काठमाण्डु टुडे २०८१ असार ११ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, ११ असार– मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । मोराङको सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।

बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव फेला परेको प्रहरीेले जनाएको छ । दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन ।

उनका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् ।

उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us