आँगनमा राखेको बाटामा डुबेर ८ महिनाको बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ११ गते १०:४९ मा प्रकाशित

 

काठमाण्डु, ११ असार– दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपापिलका– ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुन रहेको प्रहरीले जानकारी दिएको छ ।

पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो ।

खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us