सबै सांसद उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाण्डु टुडे २०८१ असार ११ गते १०:३० मा प्रकाशित

काठमाण्डु, ११ असार– एमालेले आफ्ना सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी हुन ।

निर्देशनमा भनिएको छ, ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ । आज केही मन्त्रीहरूले मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us