विष्णु रिमालको नेतृत्वमा एमालेका ३० नेता चीन भ्रमणमा जाने

काठमाण्डु टुडे २०८१ असार ११ गते ९:२५ मा प्रकाशित

काठमाण्डु, ११ असार– एमालेका नेताहरूको जम्बो टोली उपमहासचिव विष्णु रिमाल नेतृत्वमा चीन भ्रमणमा जाने भएको छ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका स्रोतले जानकारी दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन ।

त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले स्रोतले जानकारी दिएको । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us