२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाण्डु टुडे २०८१ असार १० गते १५:०८ मा प्रकाशित

काठमाण्डु, १० असार– अन्तर्राष्ट्रिय विमानस्थल आगामी २३ कात्तिकदेखि त्रिभुवन दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने भएको स्रोतले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाण्डु विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुने जानकारी दिएको छ ।

यो पाँच महिना अवधिसम्म रहने बताइएको छ । २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख गरेको छ ।

हाल काठमाण्डु विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ । काठमाण्डु विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us