मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असार १० गते १४:४७ मा प्रकाशित

काठमाण्डु, १० असार– कास्कीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको रूपा गाउँपालिका–३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका–१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग–१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us