काठमाण्डु, १० असार– सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन । आज (सोमबार) सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान –महासंको अगुवाइमा उनीहरुले प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी रहेका थिए । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी भएका छन ।
उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग समेत गरेका छन । पीडितहरुको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरेका थिए ।