बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार १० गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १० असार– बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–३ का रोहित थारु रहेको प्रहरीले जानकारी दिएको छ ।

गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us