काठमाण्डु, ९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा पुगेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको स्रोतले जानकारी दिएको छ ।
अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन ।
सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो ।
जसअनुसार अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । जसमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको स्रोतले जानकारी दिएको छ ।