काठमाण्डु, ७ असार– काठमाण्डुको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको प्रहरील जानकारी दिएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बा ३ क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।