
एजेन्सी– क्रिस्टियानो रोनाल्डो छैटौँपटक युरोपियन च्याम्पियनसिपमा भाग लिँदै नयाँ इतिहास रच्ने तयारीमा छन । यसैबिच पोर्चुगलका डिफेन्डर रुबेन डियासले रोनाल्डो आफूहरूका लागि प्रेरणा भएको पनि बताएका छन ।
भेटरान फरवार्डले सन् २००४ को युरोमा पहिलोपटक सहभागिता जनाएका थिए । त्यसयता उनले हरेक प्रतियोगितामा गोल पनि गरेका छन् ।
उनले युरोमा कीर्तिमानी १४ गोल गरेर कायम गर्न सफल भएका छन । समूह एफमा रहेको पोर्चुगलले नेपाली समयअनुसार बुधबार बिहान चेक रिपब्लिकको सामना गर्दै युरो २०२४ को अभियानको सुरुवात गर्दैछ । जर्मनीमा आयोजना भइरहेको च्याम्पियसिपमा रोनाल्डोले गोल गरे उनी प्रतियोगितामा गोल गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी पनि बन्ने पक्का छ ।
खेलअघि म्यानचेस्टर सिटीका डिफेन्डर डियासलाई ‘३९ वर्षको उमेरमा रोनाल्डोले देशको नेतृत्व गरिरहँदा तपाईंहरुका लागि कस्तो महत्त्व छ ?’ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘यसले हाम्रो प्रेरणा, सबै कुरा र हरेक कुराको प्रतिनिधित्व गर्छ ।
यसले हामीले हामीले देख्ने सपना पूरा गर्न सक्छौँ भन्ने देखाउँछ ।’ ‘हामीसँग उनलाई पाउँदा आनन्द महसुस हुन्छ । करियरको यो पलमा उनी हामीसँग हुनु भनेको उनी यहाँ हामीसँग हुन चाहनु हो । उनी हामीसँग अन्तिमसँग रहिरहनेछन् । उनी हाम्रो कप्तान हुन्,’ उनले भने ।
रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी हाल साउदी अरबको अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् । उनले १० गोल गर्दा पोर्चुगलले शत प्रतिशत रेकर्ड राख्दै युरो २०२४ मा छनोट भएको हो ।
युरोअघिको मैत्रीपूर्ण खेलमा उनैको दुई गोलको मद्दतले पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई ३–० गोलले हराएको थियो ।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले अन्तर्राष्ट्रिय स्तरमा रोनाल्डोले अझै धेरै दिन सक्ने क्षमता बाँकी रहेको बताएका छन ।