काठमाण्डु, १ असार– बागमती प्रदेशसको प्रदेश सभाको बैठक सुरु भएको छ । आज (शनिबार) सझ बसेको प्रदेशसभाको बैठकमा सरकार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्य सूची छ ।
दिउँसो ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्राविधिक कारणले २ घण्टा सरेको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै साँझ ६ बजेका लागि बैठक आह्वान गरेको थियो ।