लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

काठमाण्डु टुडे २०८१ असार १ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १ असार– लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज शनिबार साझ बसेको लुम्बिनि प्रदेशको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष ८१–८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरीएको उनले जानकारी दिएका छन ।

यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिएका छन । आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us