काठमाण्डु, १ असार– आज शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृति दिइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृत दिएको हो । आजको प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेशको आगामी आर्थिक वर्ष ०८१/०८२ को अनुमानित आय व्ययसहितको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिएका छन ।
मन्त्रिपरिषद्को बैठक सकिएपछि केहीबेरमा बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उक्त बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालु आवकै हाराहारीमा ल्याउने बुझिएको छ ।
यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।