काठमाण्डु, १ असार– धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्का रहेका प्रहरीले जानकारी दिएको छ ।
आज (शनिबार) बिहान आँप टिप्ने क्रममा करेन्ट लागेर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।
खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिएका छन ।