काठमाण्डु, १ असार– गएराति बझाङ केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः २५ मा ३.७ र ११ः ३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।