देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो हो: गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ असार १ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन ।

आज शनिबार काठमाण्डुमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताका हुन ।

उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ । यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’

रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको पनि उनले बताएका छन । उनले उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us