एमालेले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– एमालले संसदीय दलको बैठक बोलाएको छ । एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने गरी बोलाईएको एक नेताले जानकारी दिएका छन ।

संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us