काठमाण्डु, ३२ जेठ– सरकारले आगामी ३ असारमा बक्र ईदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
आज (शुक्रबार) गृह मन्त्रालयले सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईलेले जानकारी दिएका छन ।