नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाऔँ: कांग्रेस संसद‍्मा बजगाईं

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– कांग्रेस सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संसद् भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद बजगाईँले यस्तो. बताएका हुन । उनले विदेशी पाहुनाहरू आउँदा सोसलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताएका छन ।

अमेरिकी संसद् र लन्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेको भन्दै उनले नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाउन सरकारसँग माग गरेका हुन ।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् ।

त्यहाँ ड्रिंक्स गर्न पाइन्छ,’ उनले भने, ‘अधिकांश माननीय मदिरा पिउनु हुन्न, तर लन्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ ।

त्यसको लिमिटेशन हुन्छ । अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि रु मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ ।’ संसद् भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us