एक सय किलो गाँजा बरामद

काठमाण्डु टुडे २०८१ जेठ ३२ गते १५:१० मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– प्रहरीले मकवानपुरबाट एक सय किलो लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us