काठमाण्डु, ३१ जेठ– जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ ।
उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एक जना अधिकृतले जानकारी दिएका छन ।