मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन: माधव नेपाल

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज (बिहीवार) अपरान्ह संसद भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रीपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले यस्तो जवाफ दिएका हुन ।

उनले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल प्रचण्डसँग भेटेर सोध्ने बताएका छन । उनले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला ।

सांसदहरुको संसदप्रति रुची कम भएको होला ।’ प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् । तर नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us