अन्धाधुन्ध विनाश नियन्त्रण गरौं: विश्वप्रकाश शर्मा

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन ।

आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले भने, ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं ।’

उनले भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने सुझाव दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us