काठमाण्डु, ३० जेठ– कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको दाबी गरेका छन । आज बुधबार नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले भने, ‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् ।
यस्ता अपराधिकरण थुप्रै बढिरहेको छ ।’ नेता कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको पनि बताएका छन । भने, ‘हामी विपक्षमा नै बस्ने हो ।
सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोशीस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’
उनले देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकार डेढ बर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरूले गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताएका छन ।