प्रदेश तेस्रो तहका नेताहरूलाई व्यवस्थापन गर्ने ठाउँ बन्योः गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १५:४८ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक भएको बताएका छन ।

लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको दाबी गरेका छन । आज बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको पनि बताएका छन ।

उनले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । हामीले ढंगको बनाउनुपर्छ भनेको हो ।

त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’ गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us