काठमाण्डु, ३० जेठ– प्रहरीले भोजपुरको हतुवागढीबाट बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको छ ।
बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकहो छ ।