श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छन ।

आज (मंगलबार) वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको “श्रमाधान रोजगार मेला” को शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन ।

उनले यो शुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताएकी छन । उनले कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने पनि बताएकी छन ।

मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us