काठमाण्डु, २९ जेठ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज मंगलबार देखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेला दुई दिनसम्म चल्ने भएको छ ।
ललितपुर जिल्लाको पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले उक्त मेलाको उद्घाटन गरेकी थिइन् ।
मन्त्रालयले आयोजना गरेको मेलाको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ छन् । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेको छ ।