नेपाल भित्रियो मनसुन

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– आज सोमबार देखी यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालको अन्य भू–भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान रहेको छ ।

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us