काठमाण्डु, २८ जेठ– प्रहरीले भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोप एक छोरा लाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।