प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

हिजो आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए ।

आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us