राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताइ । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us