प्रधानमन्त्री प्रचण्डको साथमा को–को जाँदैछन् भारत भ्रमणमा ?

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यतालिका परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाली फर्किने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us