एमालेको ६३ जिल्लामा सकियो अधिवेशन, १४ जिल्लामा बाँकी

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– एमालेले हालसम्म देशभरका ७७ मध्य ६३ मा जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन जारी गरेको छ ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको केहि समस्या भएको जानकारी दिएका छन।

शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको छ ।

गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us