काठमाण्डु, २६ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले ०८४ सालसम्म कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षमै बस्ने र सता गिराउन नलाग्ने बताएका छन ।
आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले कांग्रेसले चुनावमा गए अनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिबद्धता बिर्सिँदा कांग्रेस प्रतिपक्षमा पुगेको बताएका छन ।
उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताएका छन ।
उनले कांग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरू संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग कुराकानीमा रहने बताए ।उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन ।
परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ ।
त्यो अघि हामीले नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्या छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षको भूमिकामा बस्छ ।’