रसिया पठाउने भन्दै ११ लाख ठग्ने प्रजापति प्रहरीको नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ जेठ २६ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– प्रहरीले विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रजापतिले आफ्नै गाउँका २० वर्षीय जितेन्द्र कुमार यादव लाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us