उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– जसपा नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ । आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर नसकिए पछि हेर्दाहर्दैमा परेको हो ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो ।

त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालतमा रिट दर्ता गराएका थिए । शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो ।

यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको तियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दा हेर्दै राखिएको सर्वोच्चको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us