गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने तयारी गरेका छन । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत १६ जेठमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले यहि २८ जेठमा प्रदेश सभाबाट विश्वासको मतलिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।

पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाण्डु पुगेका थिए । विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेका उनीनिकट स्रोतले भन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us