डा. केसीले ७ बुँदे माग राख्दै दिए फेरि अनशन बस्‍ने चेतावनी

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा प्रति पनि आपति व्यक्त गरेका छन । डा. केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले भनेका छन, ‘सुनियोजित ढंगले अध्यक्ष तथा प्रमको हैसियतले प्रचण्ड सबै निर्देशकका पदहरू महिनौँ देखि खाली राखेर चिकित्सा शिक्षा ऐन तथा नियमावली विपरीत र आयोगको स्थापित मूल्य मान्यता र मर्ममा प्रहार हुने गरी पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।’

डा. केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् । उनले राज्य जवाफदेही हुनुको साटो मिडियाको मुख थुन्न लागिपरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us