शिक्षामन्त्री सुमना लक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरणः अनावश्यक ढंगले व्याख्या गरियो

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई लक्षित गरी दिएका अभिव्यक्तिमा प्रष्टीकरण दिएका छन् ।

आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रष्टीकरण दिएका हुन ।

उनले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षा मन्त्री श्रेष्ठसँग जोडिएको बताएका छन । अध्यक्ष ओलीले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।’

ओलीले शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसबारे बुधबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद समेत गरेकी थिइन्। ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us